पुटिनले फेक न्यूजबारे नयाँ कानुनलाई मन्जुरी दिए, १५ वर्षसम्म जेल सजायको प्रावधान

डिसी नेपाल
१२ चैत २०७८ ११:५३

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेक न्यूजसँग सम्बन्धित एक कानुनलाई औपचारिक रुपमा मन्जुरी दिएका छन् । यो कानुन अनुसार विदेशमा अधिकारीहरुको कामकाजको बारेमा फेक न्यूज फैलाएको दोषी ठहरिएमा दोषीलाई १५ वर्षसम्म जेल सजाय हुन सक्छ ।

युक्रेनमा रुसको आक्रमणको सुरुवातमा पनि रुसमा एउटा नयाँ कानुन ल्याइएको थियो जसमा रुसी सशस्त्र बलको बारेमा गलत जानकारी फैलाउनेहरुलाई जेल पठाउने व्यवस्था थियो । नयाँ कानुन त्यससँग धेरै हदसम्म मिल्दोजुल्दो छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *