रुस–युक्रेन युद्धले सिर्जित ऊर्जा संकटबाट पार पाउन युरोपेली संघले उठायो ठूलो कदम

डिसी नेपाल
१२ चैत २०७८ १२:१५

काठमाडौं। युक्रेनमाथि रुसको आक्रमणपछि ऊर्जा संसाधनको मूल्यमा वृद्धिको असर पूरै विश्वमा परिरहेको छ । यसैबीच बढ्दो मूल्यको जवाफमा युरोपेली संघका नेताहरुले पहिलो पटक संयुक्त ग्यास खरिदका लागि सहमति जनाएका छन् ।

ब्रसेल्समा युरोपेली संघको शिखर सम्मेलनको दोस्रो दिन सदस्य देशहरुका प्रमुखले युरोपियन कमिशनलाई सदस्य देशहरुको तर्फबाट ग्यास खरिद गर्नको लागि अधिकार दिएका छन् । यो कदमले मूल्य कम गर्न सहयोग मिल्न सक्ने अपेक्षा गरिएको छ ।

युरोपियन कमिशनकी अध्यक्ष उर्सुला भान डेर लेयनका अनुसार यदि युरोपेली देशहरु एकसाथ काम गर्ने हो भने उनीहरु कारोबारमा बलियो स्थितिमा हुन सक्छन् ।

उनले भनिन् ‘ग्लोबल पाइपलाइन ग्यास मार्केटको ७५ प्रतिशत युरोपेली बजार हो त्यसैले हामीसँग बलियो क्रय शक्ति छ । त्यसैले म स्वागत गर्छु कि अब हामी आफ्नो सामूहिक कारोबारको शक्तिको प्रयोग गर्नेछौं । एक अर्कालाई उछिन्ने र मूल्य बढाउनुको सट्टा अब हामी आफ्नो माग एकसाथ राख्नेछौं ।

यो संयुक्त खरिदको प्रस्ताव युक्रेन, मोल्दोभा र जर्जिया समेत गैर युरोपेली देशका लागि पनि हो । यसअघि अमेरिकाले पनि युरोपेली संघको आपूर्तिमा रुसमाथिको निर्भरता कम गर्नको लागि युरोपलाई तरल प्राकृतिक ग्यास पठाउने घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *