जर्मनीले युक्रेनलाई १५०० वटा स्ट्रेला एन्टी एयरक्राफ्ट मिसाइल दियो

डिसी नेपाल
१२ चैत २०७८ १२:४४

काठमाडौं। जर्मन प्रेस एजेन्सीले युक्रेनी सरकारी अधिकारीहरुको हवाला दिँदै जर्मनीले युक्रेनलाई १५०० स्ट्रेला एन्टी एयरक्राफ्ट मिसाइल दिएको बताएको छ । रिपोर्टका अनुसार साथमा जर्मनीले युक्रेनलाई १०० एमजी ३ मेसिन गन पनि दिएको छ र यी सबै हतियार युक्रेन पुगिसकेका छन् ।

जर्मनीकी विदेशमन्त्री एनालिना बारबकले यसअघि बुधबार युक्रेनलाई मिसाइल पठाउन ढिलाइ भएको बताएकी थिइन् । यद्यपि उनले युक्रेनको लागि स्ट्रेला मिसाइल छिटै पठाइने पनि बताउकी थिइन् । जर्मनीको विदेश नीति अनुसार उसले संघर्ष भएका क्षेत्र वा यसमा संलग्न देशलाई हतियार दिँदैन तर युक्रेनमा रुसको आक्रमण पछि उसले आफ्नो विदेश नीति परिवर्तन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *