उत्तर प्रदेशका १५ करोड जनताले ३ महिनासम्म निःशुल्क खाद्यान्न पाउने योगीको घोषणा

डिसी नेपाल
१२ चैत २०७८ १२:५९

काठमाडौं। उत्तर प्रदेशका १५ करोड गरिब जनताले आगामी ३ महिनासम्म निःशुल्क खाद्यान्न पाइरहनेछन् । मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो नयाँ मन्त्रिपरिषदले यो पहिलो निर्णय गरेको जानकारी दिएका छन् ।

मुख्यमन्त्रीले भने ‘आज मन्त्रिपरिषदको बैठकले आगामी ३ महिनासम्म निःशुलक खाद्यान्न योजनालाई हामीले फेरि लागू गर्ने निर्णय गरेका छौं । यसबाट राज्यका १५ करोड जनताले लाभ पाउनेछन् ।’ मुख्यमन्त्री आदित्यनाथका अनुसार यो योजना मार्च २०२२ मा अन्त्य हुँदै थियो जसलाई झै ३ महिनासम्म बढाउने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

मुख्यमन्त्रीका अनुसार यो योजनामा उत्तर प्रदेशका १५ करोड जनतालाई खाद्यान्न उपलब्ध गराइनेछ । उनले भने ‘यो योजना अनुसार हरेक परिवारले ५ किलो खाद्यान्न पाउँछन् । राज्य सरकारले प्रत्येक परिवारलाई १ किलो दाल, १ लिटर प्रशोधित तेल, १ किलो आयोडिन युक्त नुन उपलब्ध गराएको थियो । केही धेरै गरिब परिवारलाई १ किलो चिनी पनि उपलब्ध गराइएको थियो । अब यो योजना आगामी ३ महिना बढाउने निर्णय गरिएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *