पश्चिमी देशले धम्क्याएपछि रुसले समुद्रमा परमाणु पनडुब्बीहरु उतार्‍यो

डिसी नेपाल
१२ चैत २०७८ १४:२३

काठमाडौं। युक्रेनमाथि रुसले गरेको आक्रमणलाई लिएर पश्चिमी देशहरुले धम्की दिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर इटलान्टिक महासागरमा आफ्ना परमाणु पनडुब्बी उतारेका छन् । उत्तर एटलान्टिक महासागरको आसपासमा कैयौं युरोपेली देश पर्छन् । रिपोर्टमा अनुसार रुसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरुलाई परिणाम भोग्ने चेतावनी दिएको एक दिनपछि परमाणु पनडुब्बीहरुलाई उत्तर एटलान्टिक क्षेत्रमा पठाएका हुन् ।

पुटिनले युक्रेनमा आक्रमण गरेको केही दिनमै आफ्नो परमाणु डिटरेन्ट फोर्सेजलाई अलर्टमा रहन निर्देशन दिएका थिए । अहिले कैयौं रुसी परमाणु पनडुब्बीहरु उत्तर एटलान्टिक महासागरमा उत्रिएका छन् । यी पनडुब्बी एउटाले १६ वटा ब्यालेस्टिक मिसाइल लैजान सक्षम छन् । पश्चिमी देशका खुफिया एजेन्सीहरुले पुटिनको परमाणु हतियारको भण्डारमाथि निगरानी गरिरहेका छन् ।

परमाणु हतियारको मामिलामा रुस सबैभन्दा अगाडि छ । रुससँग १ हजार ४४७ परमाणु हतियार छन् । यीमध्ये हजारौं परमाणु हतियार यसरी विकसित गरिएका छन् जसले शत्रुका खास अड्डाहरुलाई पूर्ण रुपमा ध्वस्त पार्न सक्छन् । जबकि यी हतियारबाट व्यापक विनाश भने हुँदैन । विशेषज्ञहरुले यी हतियारको त्यति सजिलो नभए पनि रुसका वैज्ञानिक बम र मिसाइलका विषयमा दक्ष भएको बताउँछन् । एक पश्चिमी अधिकारीका अनुसार यो युद्धमा अहिलेसम्म युक्रेनलाई लक्ष्य बनाएर हानिएका मिसाइलमा परमाणु हतियार लोड गरेको कुनै प्रमाण भेटिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *