रुसप्रति अचानक बेलायत लचिलो, प्रतिबन्ध हटाउन सक्ने

डिसी नेपाल
१३ चैत २०७८ १०:४९

काठमाडौं। युक्रेनमाथि आक्रमण गरेका कारण पश्चिमी देशहरु रुसविरुद्ध कठोर रुपमा प्रस्तुत भएका छन् । तर, यही बीचमा बेलायत अचानक रुसप्रति लचिलो देखिएको छ । बेलायतकी विदेश मन्त्रीले एक बयानमा भनेकी छिन् ‘रुसको सेना फिर्ता गयो भने प्रतिबन्ध हटाउन सकिन्छ ।’

बेलायती विदेशमन्त्री लिज ट्रसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण रोक्छन्, रुसी सैनिक फर्किएर जान्छन् र रुसले अगाडि कुनै आक्रमण नगर्ने प्रतिबद्धता गर्छ भने रुसी ओलिगार्क, बै.कहरु र व्यवसायहरुमाथि लगाइएको प्रतिबन्ध हटाउन सकिने बताएकी हुन् ।

बेलायती विदेशमन्त्री ट्रिसले सन्डे टेलिग्राफ अखबारसँग कुरा गर्दै भनिन ‘रुसी राष्ट्रपतिले फेरि आक्रमण गरे भने प्रतिबन्धका खतरा कायम रहनेछ ।’ उनले सम्भावित शान्ति वार्तामा सहयोगको लागि बेलायतको विदेश मन्त्रालयमा वार्ताका लागि एक टिम पनि बनाइएको बताएकी छिन् ।

अमेरिका, बेलायत र युरोपेली संघले अहिलेसम्म १ हजार रुसी व्यक्तिहरु र व्यवसायहरुमाथि प्रतिबन्ध लगाएका छन् । यही हप्ता रुसले आफ्नो सैन्य अभियान युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित गर्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *