रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापितः यूनिसेफ

डिसी नेपाल
१३ चैत २०७८ १४:१६
44
Shares

किभ। २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन्। ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन। यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो’, राष्ट्रसंघीय बाल कोष यूनिसेफले भनेको छ।

त्यस्तै, युद्धका कारण विस्थापित १ करोड मानिसमध्ये आधाभन्दा बढी बालबालिका छन्। युद्धका कारण १८ लाखभन्दा बढी मानिस शरणार्थीको रुपमा विभिन्न देशमा पुगेका छन् भने अरु २५ लाख मानिस युद्धग्रस्त देशभित्रै विस्थापित भएका छन्।

यूनिसेफ प्रमुख क्याथरिन रसेलले भनिन्, ‘युद्धले दोस्रो विश्वयुद्धपछि सबैभन्दा छिटो बालबालिकाको ठूलो संख्यामा विस्थापित  गरेको छ। ‘यो एउटा डरलाग्दो संकेत हो, जसले आउने पुस्ताका लागि दीर्घकालीन परिणामहरू निम्त्याउन सक्छ,’ उनले चेतावनी दिइन्।

यसैबीच, रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन्। रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन्। युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *