रुससँग तेल र ग्यास नकिन्ने देशलाई सहयोग गर्ने क्यानडाको घोषणा

डिसी नेपाल
१३ चैत २०७८ १६:२७

काठमाडौं। क्यानडाले वैश्विक ऊर्जा संकटको समाधानको लागि अधिक तेल, ग्यार र युरेनियम दिनको लागि तयार भएको बताएको छ । युक्रेनमा आक्रमणका कारण रुसबाट आउने ग्यास र तेल आपूर्ति बाधित भएको छ जसका कारण विश्वभरी इन्धनको मूल्य बढेको छ ।

क्यानडाका ऊर्जा मन्त्रीले विश्वका कैयौं देश रुसको ग्यास र तेलको विकल्प दिनको लागि तयार भएको बताएका छन् । क्यानडा विश्वको चौथो ठूलो ग्यास उत्पादक देश हो । क्यानडाले आफू अतिरिक्त २ लाख ब्यारल तेल दिनको लागि प्रतिबद्ध भएको बताएको छ । प्राकृतिक संसाधन मन्त्री जोनाथन विल्किंसनले बीबीसीसँग कुरा गर्दै क्यानडा एक लाख ब्यारल अतिरिक्त प्राकृतिक ग्यास निर्यात गर्न पनि तयार रहेको बताए ।

विल्किंसनले भने ‘हामी आशा गर्छौं कि वर्षको अन्त्य सम्म हामी आफ्नो क्षमतामा ३ लाख ब्यारलसम्म वृद्धि गर्न सक्षम हुनेछौं ।’ यद्यपि रुसमाथि प्रतिबन्धका कारण अर्को महिनादेखि बजारमा ३० लाख ब्यारल तेल र ग्यासको कमी आउनेछ । क्यानडाको तेल पठाउने क्षमता सीमित छ र उसका पाइपलाइनले अहिले पूरा क्षमतामा काम गरिरहेका छन् । तर, विस्किंसनले अमेरिकामार्फत तेल पठाउने विकल्प खुला रहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *