चीनको सबैभन्दा ठूलो सहरमा कोरोनाले हाहाकार, अढाइ करोड जनता लकडाउनमा

डिसी नेपाल
१४ चैत २०७८ ११:५१
288
Shares

काठमाडौं। कोरोनाभाइरसको संक्रमण सबैभन्दा पहिले फैलिन सुरु भएको देश चीनमा फेरि यो भाइरसले हाहाकार मच्चाएको छ । चीनको सबेभन्दा ठूलो सहर शंघाइमा फेरि लकडाउन लगाइएको छ । सहरको अधिकांश भागमा लकडाउन छ । शंघाइको स्थानीय सरकारका अनुसार पुडोंग र आसपासका क्षेत्रमा सोमबारदेखि शुक्रबारसम्म लकडाउन लागू गरिएको छ छ । साथमा ठूलो स्तरमा मानिसहरुको कोभिड जाँच भइरहेको छ ।

शंघाइको स्थानीय सरकारका अनुसार हुआंगपु नदीको पश्चिमी षेत्रमा डाउनटाउन क्षेत्रमा शुक्रबारदेखि लकडाउन लगाउने निर्णय गरिएको छ । जनतासँग घरमै रहन र बिना कारण बाहिर ननिस्किन अपिल गरिएको छ । खानपिनका सामान अनलाइन अर्डर गर्न भनिएको छ । सरकारी आदेशका अनुसार अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्न भनिएको छ ।

कोरोनाको प्रसार रोक्नको लागि सार्वजनिक यातायातलाई स्थिति सामान्य हुँदासम्म बन्द गर्ने निर्णय गरिएको छ । २६ मिलियन जनसंख्या भएको शंघाइमा कैयौं क्षेत्रहरुलाई बन्द गरिएको छ । ठाउँठाउँमा बुथ बनाएर कोभिड जाँच भइरहेको छ । लकडाउनले शंघाइको अर्थव्यवस्थामा पनि खराब असर परिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *