कैयौं ठूला घटनाको सटिक भविष्यवाणी गर्ने भविष्यवक्ताको पुटिनले विश्वमा राज गर्ने दावी

डिसी नेपाल
१४ चैत २०७८ १४:५४
11.0k
Shares

काठमाडौं। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरसहित ठूला भवनमा विमान ठोक्याएर गरिएको आतंकवादी आक्रमणको पहिल्यै भविष्यवाणी गर्ने दृष्टिविहीन भविष्यवक्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा राज गर्ने दावी गरेकी छिन् । ‘बल्कानकी नास्त्रेदमस’ भनिने बाबा वेंगाले यस्तो भविष्यवाणी गरेको बताइएको छ ।

बाबा वेंगाको २५ वर्ष पहिले मृत्यु भइसकेको छ । उनले आफू जीवित छँदै विश्वका प्रमुख घटनाहरुबारे भविष्यवाणी गरेकी थिइन् । सन् १९७९ मा लेखक भ्यालेन्टिन सिदोरोभसँगको भेटमा उनले रुसले विश्वमा दबदबा कायम गर्ने बताएकी थिइन् । बर्मिंघमलाइभको रिपोर्टअनुसार त्यो अन्तरवार्तामा बाबा वेंगाले भनेकी थिइन् ‘सबै बरफझैं पग्लिनेछन् । एउटा मात्रै सुरक्षित रहनेछ – भ्लादिमिरको महिमा, रुसको महिमा । कसैले रुसलाई रोक्न सक्ने छैन ।’

बाबा वेंगाले परमाणु हतियारको प्रयोग र तेस्रो विश्वयुद्धको बारेमा पनि भविष्यवाणी गरेको बताइएको छ । बाबा वेंगा म्यासेडोनियामा हुर्किएकी थिइन् र सानैमा एउटा तुफानमा परेर आँखाको दृष्टि गुमाएकी थिइन् । उनका अनुयायीहरुले त्यही साइक्लोनका कारण उनले भविष्य देख्ने दृष्टि पाएको विश्वस गर्छन् । बाबा वेंगाले अहिलेको कोरोनाभाइरस महामारी, सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमण राजकुमारी डायनाको मृत्यु, युक्रेनको चोर्नोबिलमा भएको परमाणु दुर्घटना लगायतको सटिक भविष्यवाणी गरेकी थिइन् ।

उनले सन् २००० मा भएको कुर्स्क पनडुब्बी दुर्घटनाको सटिक भविष्यवाणी गरेपछि विश्वको ध्यान उनका भविष्यवाणीतर्फ गएको थियो । उनले अगष्ट १९९९ मा कुर्स्क पानीमा डुब्ने र विश्वले आँसु बगाउने भनेकी थिइन् । यो रुसी परमाणु पनडुब्बी बाबा वेंगाले तोकेको समयभन्दा १२ महिनापछि डुब्यो र यसमा भएका सबै मानिस मारिए ।

सन् १९८९ मा उनले अमेरिकी ‘दाजुभाइ’ स्टिलका चराहरुले हानेर ढल्ने भविष्यवाणी गरेकी थिइन् । उनको यो अविष्यवाणी अमेरिकाको ट्वीट टावरमा भएको आतंकवादी आक्रमणको बारेमा भएको मानिन्छ । ट्वीन टावरहरु विमान ठोक्याएर ढलाइएका थिए । उनका भविष्यवाणीका विषयमा अनुसन्धान गरेका विज्ञहरुले उनले गरेका ६५ प्रतिशत भविष्यवाणी सत्य भएको बताउँछन् जबकि बाबा वेंगाका अनुयायीहरु भने ८५ प्रतिशत भविष्यवाणी सत्य भएको बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *