एउटा ऊँटको मूल्य २३ करोड रुपैयाँ ! आखिर के छ यसको विशेषता ?
काठमाडौं। इस्लामको पवित्र महिना रमजानभन्दा अगाडि साउदी अरबमा एउटा ऊँटको लिलामीमा जति कूल्य परेको छ त्यो सुन्दा तपाइँ तर्सिन सक्नुहुन्छ । यो साउदी अरबको अहिलेसम्मकै महंगो ऊँट भएको बताइएको छ । साउदी अरबको यो अनौठो ऊँटको लिलामीका क्रममा ७० लाख साउदी रियाल (करिब २३ करोड रुपैयाँ) मूल्य परेको छ ।
साउदी अरबको स्थानीय न्यूज पोर्टल अल मर्दका अनुसार यो ऊँटको लागि सार्वजनिक लिलामीको आयोजना गरिएको थियो । यो ऊँटको लिलामीमा सुरुवाती मूल्य ५ मिलियन डलर लगाइएको थियो । लिलामीका क्रममा मूल्य बढ्दै गएर अधिकतम मूल्य ७ मिलियन डलर लगाइयो । यो ऊँटलाई यति धेरै मूल्य दिएर कसले किन्यो भन्ने खुलासा गरिएको छैन । लिलाम गरिएको ऊँट निकै दुर्लभ मानिन्छ । आफ्नो अलग सुन्दरता र अनौठोपनका लागि यो ऊँट विख्यात छ । यो प्रजातिका ऊँट निकै कम देखिन्छन् ।







डिसी नेपाल







Facebook Comment