भारतप्रति अमेरिकी सांसद आक्रामक
काठमाडौं। अमेरिकाले सुरुदेखि नै रुसको आलोचना गर्न भारतलाई दबाब दिइरहेको छ । युक्रेन युद्धपछि भारत अन्तर्राष्ट्रिय मञ्चमा रुसविरुद्ध हुने अमेरिकाको अपेक्षा थियो । तर, भारतले यो मामिलामा रुसविरुद्ध केही बोलेको छैन र अन्तर्राष्ट्रिय मञ्चमा रुसविरुद्ध मतदान पनि गरेको छैन । भारतले रुसको आलोचना गरेको छैन बरु घुमाउरो कूटनीति अपनाउँदै शान्तिको अपिल गरेको छ ।
यही बीच भारतीय मूलका एक अमेरिकी सांसद रो खन्नाले भारतले युक्रेनमा रुसको आक्रमणको निन्दा गर्नुपर्ने बताउका छन् । उनले भारतले रुस वा चीनबाट तेल पनि किन्न नहुने बताए । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा सिलिकन भ्यालीका सांसद खन्नाले पहिलेदेखि नै रुसप्रति भारतको नीतिको आलोचना गरिरहन्छन् ।
फक्स न्यूजसँग एक अन्तरवार्तामा उनले भने ‘म भारतलाई लिएर स्पष्ट छु र मलाई लाग्छ भारतले पुटिनको निन्दा गर्नुपर्छ । भारतले रुस वा चीनबाट तेल किन्नु हुँदैन । हामीले पुटिनलाई एक्लो बनाउनको लागि विश्वलाई एकजुट बनाउनुपर्छ ।’ खन्ना हाउस अफ रिप्रेजेन्टेटिभमा भारत–अमेरिका ककसका उपाध्यक्ष पनि हुन् । यो ककसले भारत अमेरिका सम्बन्धका विषयमा नीति निर्धारणमा सहयोग गर्छ ।’
चीनको उल्लेख गर्दै उनले भने ’जब चीनले भारतमाथि आक्रामकता देखायो त्यतिबेला अमेरिका भारतको साथमा थियो । पुटिन त्यहाँ थिएनन् । यो समय भारतले अमेरिकासँग हतियार किन्ने हो रुससँग होइन । हामीले यो हेर्नुपर्छ कि यो प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ । हामीलाई चीनलाई नियन्त्रित गर्न एक सहयोगीको रुपमा भारतको आवश्यकता छ ।’







डिसी नेपाल







Facebook Comment