मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु
मेक्सिको सिटी। मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ। मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ।
‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ। उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ। आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन्।
संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले एउटा ट्वीटमा भनेको छ।
अधिकारीहरुले आक्रमणको कारणबारे केही जानाकारी दिएका छैनन्। मिचोआकान र छिमेकी गुआनाजुआटो मेक्सिकोका दुई हिंसाग्रस्त राज्यहरू हुन्। लागू औषध र अन्य गैरकानुनी गतिविधिका कारण यी राज्यमा बारम्बार आपराधिक घटना हुने गर्छन्।







डिसी नेपाल







Facebook Comment