७ वर्षपछि भेट भएका जोडीले युद्धको मैदानमै बिहे गरे

डिसी नेपाल
१५ चैत २०७८ १२:१२
48
Shares

काठमाडौं। युक्रेनका एक युवक र एक युवतीको भेट २०१५ मा डोनाबासमा भएको थियो । त्यतिबेला यी दुईको भेट युद्धको मोर्चामा भएको थियो । ७ वर्षपछि अहिले फेरि यी दुईको युद्धको मैदानमै भेट भयो । यस पटकको भेटमा उनीहरुले बिहे नै गरे । उनीहरुले आउँदो समय अझै कठिन हुनेवाला भएकोले अहिले ने बिहे गर्ने निर्णय गरेको बताएका छन् । सुरक्षा कारणले उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।

यी दुवै युक्रेनको सेनामा छन् । डेलीमेलका अनुसार उनीहरुले रुसी सेनासँग लडाइँको मोर्चामा खटिनुभन्दा पहिले किभमा बिहे गर्ने निर्णय गरेका थिए । उनीहरुको बिहे किभ नजिकै रहेको ब्रोवरीको एक अस्पतालमा भयो । उनीहरुको ७ वर्ष पहिलो डोनाबारमा भेट भएको थियो । तर, यी दुईको सम्बन्धको सुरुवात २०२२ मा त्यतिबेला भयो जब रुसले युक्रेनमाथि आक्रमण गर्यो ।

युक्रेनमा सैनिकहरुले आपसमा बिहे गरेको यो दोस्रो घटना हो । यसअघि टेरिटोरियल डिफेन्समा काम गर्ने जोडीले ६ मार्चमा बिहे गर्ने निर्णय गरेका थिए । उनीहरुको घरमा किभका मेयर पनि बधाइ दिन पुगेका थिए । उनीहरुको नाम लेसिया इभाशेन्को र भेलेरी फिलिमोनोभ बताइएको छ ।

यद्यपि जबसम्म यो जोडीको बिहे भएको थिएन उनीहरु युक्रेनको राजधानी किभमा सामान्य जीवन बिताइरहेका थिए । तर, जब रुसले युक्रेनमा आक्रमण गर्यो त्यसपछि उनीहरुले सिभिल भोलन्टियर बन्ने निर्णय गरे र पछि सेनामा जाने तय गरे । वाशिङटन पोस्टसँग कुरा गर्दै किभका भेयर भिटाली क्लिटस्कोले भने ‘उनीहरु एकसाथ हाम्रो सहरलाई बचाउन चाहन्थे ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *