बिम्सटेकलाई भर्चुअल सम्बाेधन गर्दै प्रधानमन्त्री देउवा

डिसी नेपाल
१६ चैत २०७८ ८:२१
52
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा आज बुधबार सम्बाेधन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिम्सटेक आजबाट सुरु हुँदैछ। परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका थिए। उनले मंगलबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए।

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन्। सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ। बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *