देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने

डिसी नेपाल
१६ चैत २०७८ ८:२९
300
Shares

काठमाडौं। प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन्। उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिनेछन्।

कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन्।

गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए।

तर, ओली गठबन्धनप्रति आक्रोशित छन् । उनले पाँच दलीय गठबन्धनलाई ‘मागीखानेहरू’को गठबन्धन भन्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *