इजरायलको तेल अभिभमा आक्रमण, ५ जनाको मृत्यु, एक हप्ताभित्र तेस्रो घटना

डिसी नेपाल
१६ चैत २०७८ ११:११

काठमाडौं। इजरायलको तेल अभिभ सहरको बाहिरी इलाकामा पाँच जनाको गोली हानेर हत्या गरिएको छ । एक हप्ताभित्र यो यस्तो किसिमको तेस्रो घटना हो । यो घटना बनी ब्रेकमा भयो जो देशको सबैभन्दा धेरै अति रुढीवादी यहुदी इलाकामध्ये एक हो ।

घटनास्थलमा रहेका पारामेडिकल कर्मचारीले बताएअनुसार बन्दुकधारीलाई पुलिसले जवाफी कारवाहीमा मारिदिएको छ । गएको मंगलबार र आइतबार इजरायली अरबीहरुले गरेको आक्रमणपछि सुरक्षा बललाई हाइ अलर्टमा राखिएको थियो । अघिल्ला आक्रमणमा ६ जना मारिएका थिए ।

घटनास्थलमा सीसीटिभी फुटेजमा बन्दुकधारी कालो कपडामा देखिएका छन् । जसको हातमा अटोमेटिक गन देखिन्छ र उनले फायर गरिरहेका छन् । जेरुसेम पोस्टका अनुसार एक व्यक्ति गाडीमा र अन्य आसपासका क्षेत्रमा मृत अवस्थामा पाइएका छन् ।

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले यो घटनापछि आपतकालीन सुरक्षा बैठक बोलाएका थिए । उनको सुरक्षा क्याबिनेटको अर्को बैठक बुधबार हुनेछ । उनले घटनाप्रति प्रतिक्रिया दिँदै भने ‘इजरायल घातक अरब आतंकवादको सामना गरिरहेको छ । हाम्रा सुरक्षा बलले काम गरिरहेका छन् र हामी यो आतंकसँग दृढतासाथ लड्नेछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *