गोकर्णेश्वरमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको घटनास्थलमै मृत्यु

डिसी नेपाल
१६ चैत २०७८ १२:४८
92
Shares

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल खड्कागाउँमा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलकी अन्दाजी ९ बर्षीया श्रेया तामाङ र ४ बर्षीया श्रृष्टी तामाङ रहेका छन्।

घाइते भएका मोटरसाइकल चालक ३० बर्षीय रोहन तामाङको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बा ४ ख ६९६५ नम्बरको ट्रिपरले तामाङ बुबा छोरीहरू सवार बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो। ट्रिपर चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *