युक्रेनले आफ्नो वार्ता टोलीलाई केही पनि खान र पिउन प्रतिबन्ध लगायो

डिसी नेपाल
१६ चैत २०७८ १३:३२
2.6k
Shares

काठमाडौं। टर्कीको इस्तानबुलमा मंगलबारदेखि रुस र युक्रेनको प्रतिनिधिमण्डलबीच वार्ता जारी छ । यसैबीच युक्रेन सरकारले आफ्नो प्रतिनिधिमण्डलको लागि नयाँ गाइडलाइन जारी गरेको छ । यो गाइडलाइनअनुसार युक्रेनको प्रतिनिधिमण्डलले वार्ताको क्रममा केही पनि खान र पिउन पाउने छैनन् । उनीहरुलाई वार्ताको क्रममा त्यहाँ राखिएका कुनै पनि चीजहरुलाई हातले नछुन पनि निर्देशन दिइएको छ ।

युक्रेनलाई अहिले आफ्ना प्रतिनिधिहरुलाई झुक्याएर विष दिइन सक्ने युक्रेनका विदेश मन्त्रीले पनि जारी गरेको बयानमा जोड दिएरै प्रतिनिधिहरुलाई वार्ताको क्रममा केही नखान र कुनै चीजलाई हात नलगाउन भनेका छन् । यसअघिको वार्तामा केही व्यक्तिहरुको स्वास्थ्यमा समस्या आएपछि युक्रेनले अहिले यस्तो कडाइ गरेको हो । युक्रेनका अनुसार अघिल्लो पटक विष दिइएका व्यक्तिमा उसका प्रतिनिधिसहित रुसी अर्बपति रोमन अब्राहिमोभिच पनि थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *