रुसले युक्रेनबाट आफ्नो सेना पछि हटाउन सुरु गर्‍यो

डिसी नेपाल
१६ चैत २०७८ १६:०६

काठमाडौं। रुसले युक्रेनसँगको शान्ति वार्तामा आफ्नो सेना पछि हटाउने घोषणा गरेको छ । यो घोषणासँगै युक्रेनको राजधानी किभबाट रुसी सेना पछि हटाउन सुरु पनि भइसकेको छ । रुसी बटालियन टेक्टिकल ग्रुप युक्रेनको राजधानी किभ आसपासका क्षेत्रबाट पछि हटिरहेको छ । रुसी सेना दक्षिण र पूर्वमा बढत बनाउनको लागि उत्तरका केही क्षेत्रबाट पछि हटिरहेको छ । रुसले यो कदम त्यतिबेला उठाएको हो जब मंगलबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच शान्ति वार्ता भयो ।

यो वार्तापछि युक्रेनको प्रतिनिधिमण्डलमा सहभागी अधिकारीले आगामी दिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बैठक हुन सक्ने बताएका छन् । मिडिया रिपोर्टका अनुसार रुसी राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले मंगलबार किभ र चेर्निहाइभबाट रुसी सैनिकलाई पछि हटाउनु सिजफायर नभएको बताउका छन् । टर्कीमा भएको वार्तालाई रुसले सकारातमक भनेको छ ।

युक्रेनी राष्ट्रपतिले हालै युक्रेन पश्चिमी सैन्य गठबन्धनमा सहभागी नहुने र यसको बदलामा रुसले आफ्नो सुरक्षाको ग्यारेन्टी दिनुपर्ने बताएका थिए । सम्भवतः यही कारण रुसले सेना पछि हटाउने निर्णय गरेको अनुमान गरिएको छ । रुसले दुई देशबीच भइरहेको वार्तामा सकारात्मक माहोल बनोस् भनेर किभको चारैतिरबाट सेना पछि हटाएको बताएको छ । इस्तानबुलमा युक्रेनी प्रतिनिधिमण्डलले वार्तामा आफ्नो राजधानीको सुरक्षाको ग्यारेन्टी मागेपछि रुसले सेना पछि हटाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *