विश्व बैंकले अफगानिस्तानमा आफ्ना ६० करोड डलरका ४ परियोजनामा रोक लगायो

डिसी नेपाल
१६ चैत २०७८ १६:४३

काठमाडौं। विश्व बैंकले अफगानिस्तानमा ६० करोड डलरका ४ परियोजनामा रोक लगाएको छ । तालिबान सरकारले पहिले घोषणा गरेर पनि माध्यमिक विद्यालयका छात्राहरुलाई स्कुल जान नदिने निर्णय गरेपछि त्यसको जवाफमा विश्व बैंकले परियोजना रोकेको हो । विश्व बैंकका यी परियोजना शिक्षा, स्वास्थ्य र कृषि सुधारसँग सम्बन्धित थिए ।

विश्व बैंकले यो परियोजना सुरु गर्दा संगठनको सहयोगमा महिला र बालिकाहरुको हिस्सेदारी होस् र उनीहरुले यसको लाभ लिन पाउन् भन्ने सुनिश्चित गरिने बताएको थियो । गत हप्ता तालिबानले आफ्नै पहिलेको फैसला उल्ट्याउँदै माध्यमिक स्कुलमा छात्राहरुलाई जान रोक लगाएको थियो । कैयौं महिनादेखि माध्यमिक स्कुलमा छात्राहरु जान रोक लगाइएको छ ।

पछिल्लो समय मार्चदेखि छात्राहरुका लागि स्कुल खोलिने तय भएको थियो । तर, यस्तो भएन । तालिबानले अहिले छात्राहरुको युनिफर्मको विषयमा फैसला भएपछि मात्रै स्कुल खोलिने बताएको छ । तालिकानले छात्राहरुको युनिफर्म शरीया कानुन र अफगान परम्परा अनुसारको हुनुपर्ने बताएको छ । तालिबानको यो निर्णयको अन्तर्राष्ट्रिय स्तरमा धेरै आलोचना भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *