युक्रनेसँगको शान्ति वार्तामा धेरै आशा गर्न सकिँदैनः रुस

डिसी नेपाल
१६ चैत २०७८ २२:५५

काठमाडौं । रूसले युक्रेनसँगको शान्ति वार्तामा धेरै आशा गर्न नसकिने जनाएको छ । रूसका प्रवक्ता दमित्री पेस्कोवले रूसले कुराकानी वार्तामा आशा गर्ने कुनै कुरा नदेखेको बताएका छन् । उनले केही प्रगति भए यसबारे जानकारी दिने उल्लेख गरे ।

यसबीच रूसी सैनिक लुहान्स्कको उत्तर पूर्वी क्षेत्रमा भीषण बमबारी गरिरहेको छ। रूसी सैनिकले उक्त क्षेत्रमा आफ्नो पकड बलियो बनाउने प्रयास गरिरहेको छ । तर दोनेत्स्कको क्षेत्रमा अहिले पनि रुसको पकड बलियो हुन सकेको छैन ।

अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टामा स्थानीय शहरमा तोपको ३५ हमला भएको छ । राजधानी कीएवमा तोपको आवाज आज विहानदेखि लगातार सुनिएको बीबीसीले समाचारमा जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *