युक्रेन संकटबीच सहयात्रा गरेर पृथ्वीमा फर्किए रुसी र अमेरिकी अन्तरिक्ष यात्री
किभ। अमेरिका र रुसबीच सहकार्यको एउटा दुर्लभ संकेतमा दुवै देशका अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्किने क्रममा बुधवार कजाकस्तानमा उत्रिएका छन्।
नासाका अन्तरिक्ष यात्री मार्क भान्डे हेई, रुसका दुई अन्तरिक्ष यात्री एन्तोन स्केप्लेरोभ र प्योत्र दुब्रोभ कजाकस्तानमा सगसँगै उत्रिएका हुन् । युक्रेन संकटलाई लिएर रुस र अमेरिकाबीच तनाब बढिरहेका बेला उनीहरुको सहयात्रा भएको हो।
अमेरिकी अन्तरिक्ष यात्री भान्डे हेईले लामो समयसम्म अन्तरिक्षमा बसेर कीर्तिमान बनाएका थिए । सन् २०१६ मा अमेरिकी अन्तरिक्ष यात्री स्कट केलीले बनाएको ३४० दिनको अघिल्लो रेकर्ड तोड्दै उनी ३५५ दिन अन्तरिक्षमा बसेका थिए।
नासाका प्रशासक बिल नेल्सनले एक विज्ञप्तिमा भने, ‘मार्कको मिसन रेकर्ड तोड्ने मात्र होइन, यसले चन्द्रमा, मंगल ग्रह र त्यस बाहिर भावी मानव अन्वेषकहरूको लागि मार्ग प्रशस्त गर्दैछ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment