नेदरल्यान्ड्समा रेस्टुरेन्टमा गोली चल्दा दुई जनाको मृत्यु
आम्सटर्डम। नेदरल्यान्ड्सको उत्तरी सहर ज्वोल्लेमा रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। ‘रेस्टुरेन्टमा भएका गोलीबारीका घटनामा दुई जनाको मृत्यु भएको छ’, डच प्रहरीले भनेको छ।
एउटा रेस्टुरेन्टमा खाना खाइरहेका बेला एक बन्दुकधारीले उनीहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली हानेको थियो। गोली प्रहारपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहक आतंकित बनेका थिए। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment