रुसले आफ्नै फाइटर जेट खसाल्यो

डिसी नेपाल
१७ चैत २०७८ ११:१०

काठमाडौं। बेलायतको खुफिया एजेन्सीका प्रमुख सर जेरेमी फ्लेमिङले रुसी सेनाको आत्मविश्वास कमजोर भएको दावी गरेका छन् । उनले रुसी सेनाले गल्तीवश आफ्नै फाइटर जेट खसालेको दावी गरे । फ्लेमिङले भने ‘रुसी राष्ट्रपतिका सल्लाहकारले उनलाई भ्रममा पारिरहेका छन् किनकि उनीहरु राष्ट्रपतिसँग डराउँछन् ।’

बेलायतको कम्युनिकेसन हेडक्वार्टरका प्रमुख सर जेरेमी फ्लेमिङले रुसी सैनिकले आदेश पूरा गर्न अस्वीकार गरिरहेको र उनीहरुले आफ्नै हतियार र उपकरण तोडफोड गरिरहेको बताएका छन् । उनले भने ‘युक्रेनमा भ्लादिमिर पुटिनले आक्रमण गरेको ३६ दिन भयो । यो हरेक दृष्टिले झस्काउने खालको छ तर यो आश्चर्यको कुरा होइन । हामीले यो रणनीति पहिले पनि देखेका छौं । हामीले देखिरहेका टौं कि पुटिन आफ्नो योजनामा अगाडि बढ्न खोजिरहेका छन् तर उनी विफल भएका छन् । उनको प्लान बी नागरिक र सहरप्रति धेरै बर्बर देखिएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *