ललितपुरमा म्यादी प्रहरीमा दोब्बर आवेदन

डिसी नेपाल
१७ चैत २०७८ ११:४७
56
Shares

ललितपुर। ललितपुरमा म्यादी प्रहरीमा भर्ना हुनका लागि दोब्बरभन्दा धेरैको आवेदन परेको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता शिद्धिविक्रम शाहका अनुसार दुई हजार ९०४ जनाले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका छन्।

उनले भने, ‘अघिल्लो पल्टभन्दा केही कम नै हो। तर, एक हजार १२५ जना आवेदन मागेकोमा दुई हजार ९०४ जनाको निवेदन परेकाे छ ।’

आवेदन दिनमध्ये पनि केही छनौट प्रक्रियामा भाग लिन नआएको एक प्रहरी अधिकृतले बताए । उनले भने,‘अघिल्लो निर्वाचनको बेला म्यादीमा भर्ना हुने युवाहरू छनौटको पहिलो दिनमा नै भीडभाड हुन्थ्यो । तर, यसपल्ट धेरै भीडको सामना गर्नु परेको छैन ।’

उनका अनुसार अहिले महिलाको संख्यामा भने केही वृद्धि भएको छ। जावलाखेल फुटवल ग्राउण्डमा भइरहेको शारीरिक छनौट प्रक्रिया बिहीबारसम्म चल्लेछ भने शुक्रबार लिखित परिक्षा हुनेछ । २१ चैत्रमा लिखितमा उत्तीर्णहरूको अन्तर्वार्ता हुनेछ भने २२ चैत्रमा हुने नतिजा प्रकाशनपछि २८ गतेबाट १० दिनसम्म तालिम गरिनेछ।

म्यादीमा भर्ना हुनका लागि प्रहरीले महिलाका लागि ५ फिट पुरुषका लागि ५ फिट २ इन्च हुनु पर्ने मापदण्ड राखेको छ। छनौट प्रक्रियामा पुसअप, सेटअप, दौड, स्वास्थ्य परीक्षण, तौल र उचाई नापजाँच गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *