स्रोत नखुलेको करिव ८ लाख रुपैयाँसहित युवक पक्राउ

डिसी नेपाल
१७ चैत २०७८ १२:५८

महोत्तरी। महोत्तरीबाट स्रोत नखुलेको नगदसहित एक युवक पक्राउ परेको छ। प्रहरीले बुधबार दिउँसो सम्सी गाउँपालिका–६ भेडपुर चोकबाट ७ लाख ९१ हजार रूपैयाँ सहित युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा औरही नगरपालिका–५ टिम्किया बस्ने २० वर्षीय वीरेन्द्र कुमार दास छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका दासलाई प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *