नवलपरासीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

डिसी नेपाल
१७ चैत २०७८ १३:३०

काठमाडौं। नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–८ मा बिहीबार बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अंदाजी ५० वर्षीय पुरुष रहेका छन् ।

ट्रकको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुर स्थित सरकारी अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान पौने ९ बजे भारतीय नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक सहित चालक इलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *