इमरान खानको कुर्सी बचाउन कुखुराहरु जिउँदै जलाइँदै

डिसी नेपाल
१७ चैत २०७८ १३:३१
2.5k
Shares

काठमाडौं। पाकिस्तानमा फ्लोर टेस्ट हुनुअघि प्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबी फेरि चर्चामा छिन् । विपक्षीहरूले इमरान खानकी तेस्री पत्नी बुशराले इमरान खानको कुर्सी बचाउन कालो जादू गरिरहेको आरोप लगाएका छन् । उनले इमरान खानको घरमा जिउँदो कुखुरा पनि जलाएकी छिन् ।

इमरान खानकी पत्नी बुशरा बीबीलाई पिंकी पिरनी पनि भनिन्छ । विपक्षीले उनीमाथि जादु टुना गरेको आरोप लगाउँदै आएका छन् । पाकिस्तान मुस्लिम लिगका नेता शाहबाज शरीफले हालै इमरान खानको घरमा बनेको गालामा कैयौं टन मासु जलाइएको दाबी गरेका छन् । नवाज शरीफकी छोरी मरियमले भनेकी थिइन् ‘हामीलाई थाहा छ कि इमरान खानको सरकार बचाउनको लागि गालामा जादुटुना भइरहेको छ।’ अर्कोतर्फ, पीपीपी पार्टीका नेता बिलावल भुट्टोले बुशरा बीबीको इच्छाविना पाकिस्तानमा कुनै पोस्टिङ नहुने बताएका छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ र अहिले प्रधानमन्त्री पदका विपक्षी दावेदार शाहबाज शरीफले बुशरा बीबीमाथि ठूलो आरोप लगाएका छन् । उनले इमरान खानको घरमा कैयौं टन मासु जलाइएको दाबी गरेका छन् । उनले भने, ‘म पूर्ण जिम्मेवारीका साथ यो दाबी गरिरहेको छु । पाकिस्तानमा मानिसहरु खानाको लागि मरिरहेका छन्, बच्चाहरु दूधको लागि तड्पिरहेका छन् । तर जादु टुनाको लागि जिउँदो कुखुरा जलाइएको छ ।’

बुशरा बीबी चर्चामा आएको यो पहिलो पटक भने होइन । बुशरा बीबी एक आध्यात्मिक गुरु हुन्। उनीमाथि विगतमा पनि टुनामुनाको आरोप लागेको थियो । पाकिस्तानमा आरोप लाग्दै आएको छ कि इमरान खानले उनलाई नसोधी कुनै पनि निर्णय गर्दैनन् । बुशरा बीबीलाई लिएर पाकिस्तानमा धेरै किसिमका दाबी गरिन्छ। भनिन्छ कि उनीसँग दुईवटा जिन्न छन्, जसले उनलाई कुनै पनि भविष्यवाणी गर्न मद्दत गर्छन्। बुशरा बीबीसँग सल्लाह लिन जो आउँछन् तिनीहरुले ती जिन्नका लागि मासु ल्याउनुपर्छ । यद्यपि, यी अफवाहहरू कहिल्यै पुष्टि भएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *