इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज !
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलले पेश गरेको अविश्वासको प्रस्ताव खारेज भएको छ । प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध संसदमा मतदान गर्नुअघि नै नेशनल एसेम्बलीका कार्यवाहक सभामुखले अविश्वासको प्रस्तावलाई असंवैधानिक भन्दै अस्वीकार गरेका हुन्।
यो अधिवेशन नेशनल असेम्बलीका उपसभामुख कासिम खान सुरीको अध्यक्षतामा चलिरहेको थियो । उनलेले यो अविश्वासको प्रस्ताव संविधानको धारा ५ विपरीत भएको बताए । बीबीसी संवाददाता हुमैरा कंवलले नेशनल असेम्बलीमा पुग्ने सदस्य संख्या बढ्दै गए पनि प्रधानमन्त्री इमरान खान नपुगेको बताइन् । हुमैराका अनुसार ठूलो संख्यामा बेन्चहरू खाली देखिएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment