अविश्वासको प्रस्ताव फेल र संसद विघटन गर्ने निर्णय गरेपछि इमरान खानले के भने ?

डिसी नेपाल
२० चैत २०७८ १४:१४
88
Shares

काठमाडौं । पाकिस्तानको नेशनल असेम्बलीमा इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । त्यसपछि इमरान खानले देशलाई सम्बोधन गर्दै संसद भंग गरेर फेरि चुनाव गराउन राष्ट्रपतिलाई सिफारिस गरेको बताए ।

नेशनल असेम्बलीमा विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका नाममा सम्बोधन गर्दै अब जनताले चुनावको तयारी गर्नुपर्ने बताएका छन् । उनले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

उनले भने, ‘देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यो देशको भविष्यको निर्णय गर्ने अधिकार अरु कसैलाई छैन, तर यहाँका जनताले निर्णय गर्नेछन्।

इमरान खानले भने, “आज सभामुखले अस्वीकार गरेको अविश्वासको प्रस्तावका लागि म सम्पूर्ण समुदायलाई बधाई दिन्छु। हिजोदेखि सबैजना निराश थिए, मलाई सोध्दै, म उनीहरूलाई नआत्तिन भन्न चाहन्छु।”

‘आज सभामुखले आफ्नो संवैधानिक शक्ति प्रयोग गरेर निर्णय लिनुभएको छ, त्यसपछि मैले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिलाई बुझाएको छु ।

यसअघि पाकिस्तानको नेशनल असेम्बलीमा विपक्षी दलको अविश्वासको प्रस्ताव उपसभामुखले यो प्रस्ताव असंवैधानिक र संविधानको धारा ५ को उल्लङ्घन भएको भन्दै अस्वीकृत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *