इमरान खानको जीवनको सबैभन्दा ठूलो काण्ड, ती छोरी जसलाई उनले गर्भमा छँदै त्यागिदिए
काठमाडौं । विवाद लगभग हरेक राजनीतिज्ञको जीवनको हिस्सा हो। पाकिस्तानको प्रधानमन्त्रीको कुर्सी जसोतसो जोगाउने इमरान खानको जीवन पनि यिनै विवादले घेरिएको छ । तीन विवाह गरेका इमरानको लभ लिस्टमा बलिउड अभिनेत्रीदेखि विश्वका धनी महिलासम्म पर्छन् । यस्तै एक महिला हुन् सीता ह्वाइट, जो इमरानको जीवनको सबैभन्दा ठूलो काण्डको कारण बनेकी छिन् ।
कुरा १९८७–८८ को हो। त्यो जमानामा इमरान आफ्नो क्रिकेटका लागि निकै चर्चित थिए । लभ लाइफका कारण मिडियामा उनको तस्बिर प्लेब्वायको थियो । अर्कोतर्फ, सीताको विवाह इटालियन फोटोग्राफर फ्रान्सेस्को भेन्चुरीसँग भइसकेको थियो । इमरान र सीताको भेट लण्डनको जेरमिन स्ट्रीट नाइट क्लबमा भएको बताइन्छ । दुवैको केही महिनासम्म अफेयर थियो त्यसपछि इमरानले सम्बन्ध तोडेका थिए ।
इमरान र सीताको अन्तिम भेट सन् १९९१ मा भएको थियो, त्यसपछि उनीहरु कहिल्यै सँगै देखिएनन् । सीताको दाबी अनुसार इमरानले उनीबाट छोरा चाहेका थिए । तर जब छोरीको बाबु बन्न लागेको थाहा भयो तब इमरानको मनमा निराशाको बादल मडारियो । इमरानले छोरी क्रिकेट खेल्न नसक्ने बताएका थिए । यसै कारण उनले सीतालाई गर्भपतन गराउन दबाब पनि दिए तर सीताले मानिनन् ।
इमरानकी छोरी टायरियन खान ह्वाइटको जन्म १५ जुन १९९२ मा भएको थियो । सीताले आफ्नी छोरीको बाबुको पहिचान सारा संसारबाट ३ वर्षसम्म लुकाएर राखिन् । अर्कोतर्फ, इमरानले पनि जीवनको यो भागलाई आफ्नो त्यतिबेला रिलिज भएको बायोग्राफीमा समावेश गरेनन्। तर, सन् १९९५ मा क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरानको पोल खुल्यो ।
सोही वर्ष इमरानले बेलायती अर्बपति जेम्स गोल्डस्मिथकी छोरी जेमिमासँग ४२ वर्षको उमेरमा पहिलो विवाह गरेका थिए । यसै क्रममा उनले पाकिस्तानी राजनीतिमा पनि पाइला राखेका थिए । इमरानले आलोचना हुने डरले टायरियनलाई आफ्नी छोरीको रूपमा स्वीकार गर्न अस्वीकार गरेका थिए, तर पनि इस्लामको नाममा उनले जनआक्रोशको सामना गर्नुपरेको थियो।
सीताले इमरानलाई टायरियनको पिताको रूपमा प्रमाणित गर्ने अठोट गरेकी थिइन् । १९९७ को अन्त्यसम्ममा यो मुद्दा क्यालिफोर्नियाको अदालतमा पुग्यो, जहाँ इमरानलाई कार्यवाहीमा उपस्थित नभएको कारण टायरियनको बुबा घोषित गरियो। यद्यपि, इमरानले सार्वजनिक रूपमा आफू टायरियनको पिता भएको कुरालाई अहिलेसम्म स्वीकार गरेका छैनन्।
सीताको मृत्यु मात्र ४३ वर्षको मे २००४ मा भयो । उनको मृत्युको कारण हृदयघात भएको बताइएको छ । संसारबाट विदा हुनुअघि सीताले टायरियनलाई इमरानकी पहिलो पत्नी जेमिमालाई सुम्पिइन्। त्यसबेलादेखि जेमिमाले टायरियनलाई आफ्नी छोरी मान्छिन्। साथै, जेमिमा र इमरानका दुवै छोरा सुलेमान र कासिमको पनि टायरियनसँग राम्रो सम्बन्ध छ।
सीताको निधनपछि इमरानले पनि केही हदसम्म टायरियनलाई ग्रहण गरेका थिए । त्यतिबेला इमरानले भनेका थिए– टायरियनले चाहेमा म र जेमिमासँग लण्डनमा बस्न सक्छिन् । जेमिमा उनको कानुनी संरक्षक हुन्। हामी उनलाई स्वागत गर्छौं र उनलाई अभिभावकको रूपमा हुर्काउन तयार छौं।
पाकिस्तानको संविधानको धारा ६२ अनुसार प्रधानमन्त्री उम्मेदवारको चरित्र राम्रो हुनुपर्छ । २०१८ मा प्रधानमन्त्री बन्नु अघि इमरानले दायर गरेको उम्मेदवारीमा टाइरियनको बारेमा कतै उल्लेख गरिएको थिएन। विपक्षीहरूले यस विषयमा इमरानलाई निशाना बनाएका थिए र यो मुद्दा इस्लामाबाद हाईकोर्टमा पुगेको थियो।
यो मुद्दा त्यतिबेला विपक्षीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार अब्दुल वहाब बलोचले गरेका थिए । यद्यपि, पछि उनी इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) मा सामेल भए र आफ्नो मुद्दा फिर्ता लिए। २०२१ मा अदालतको सुनुवाइका क्रममा इमरानमाथि लगाइएको सबै आरोप खारेज गरिएको थियो ।







डिसी नेपाल







Facebook Comment