इमरान खान पाकिस्तानका प्रधानमन्त्री रहेनन्, मन्त्रिपरिषदले सूचना जारी गर्यो
काठमाडौं । इमरान खान पाकिस्तानका प्रधानमन्त्री नरहेको बारे मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गरेको छ । सूचना अनुसार राष्ट्रपतिले संविधानको धारा ५८ (१) बमोजिम संसद विघटन गरेपछि इमरान खान अब देशका प्रधानमन्त्री रहेनन् ।
मन्त्रिपरिषद् महाशाखाको सूचना अनुसार इमरान खान प्रधानमन्त्री नहुने सूचना तत्कालै लागू भएको छ । इमरान खानका राजनीतिक सञ्चार सल्लाहकार शाहबाज गिलले एक ट्वीटमा क्याबिनेट डिभिजनको सूचना साझा गर्दै भनेका छन्, ‘यही नियम र कानुन छन्।’
अब यो पत्रपछि इमरान खानले संविधानको अनुच्छेद २२४ए–(४) अन्तर्गत कार्यवाहक प्रधानमन्त्री नआएसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment