युक्रेनी राष्ट्रपतिले रूसको आक्रमणलाई फेरि ‘नरसंहार’ भने

डिसी नेपाल
२१ चैत २०७८ १२:३३
240
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणलाई “पूरै देशको लागि यातना” भनेका छन्। आइतवार सीबीएस न्यूजसँगको अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनका जनता रुसको अधीनमा हुन नचाहेको र यसका कारण उनीहरू बर्बाद भइरहेको बताए ।

रुसले जे गरिरहेको छ त्यसलाई नरसंहार भनिन्छ कि भनेर सोध्दा? जवाफमा उनले भने, “निस्सन्देह, यो एक नरसंहार हो, एक देश र त्यहाँका जनतालाई मेटाइँदैछ। हामी युक्रेनी नागरिक हौं, हामीसँग १०० भन्दा बढी देशका नागरिकहरू छन्, यो यी सबै नागरिकहरूलाई नष्ट गर्नु जस्तै हो।”

आइतवार भिडियो मार्फत राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, “हाम्रो भूमिमा भएका हरेक अपराधको छानबिन हुनेछ। यस्ता अपराध गर्नेहरुको नाम हत्याराको किताबमा लेखिनेछ र उनीहरुलाई कारबाही गरिनेछ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *