एलन मस्कको ६ शब्दको ट्वीटमा के छ ? ट्वीटरका सीइओले किन चेतावनी दिनुपर्‍यो ?

डिसी नेपाल
२२ चैत २०७८ ११:०५
2.1k
Shares

काठमाडौं । ट्विटरका सीईओ पराग अग्रवालले माइक्रो ब्लगिङ साइट ट्वीटरका प्रयोगकर्ताहरूलाई ट्वीटरमा सम्पादन बटन ल्याउने विषयमा एलन मस्कको पोलमा बुद्धिमानीपूर्वक मतदान गर्न चेतावनी दिएका छन्।

टेस्लाका मालिक एलन मस्कले ट्विटरमा ९.२ प्रतिशत सेयर खरिद गरेपछि, ट्विटरमा एक सर्वेक्षण राखेका छन् । यसमा उनले प्रयोगकर्ताहरूलाई सोधेका छन् – “ट्विटरमा सम्पादन बटन हुनुपर्छ?”

यस ट्विटमा पराग अग्रवालले लेखेका छन्, “यो मतदानको नतिजा महत्त्वपूर्ण हुनेछ, त्यसैले बुद्धिमानीपूर्वक मतदान गर्नुहोस्।”

सोमबार टेस्लाका संस्थापक एलन मस्कले ट्विटरको शेयर किनेका थिए। यूएस एसईसी (सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार मस्कले मार्च १४ मा ट्विटरको ७३,४८६,९३८ शेयर किनेका थिए।

ट्विटरको शुक्रबारको क्लोजिङ प्राइस अनुसार यो शेयर करिब २.८९ बिलियन डलर मूल्यको रहेको छ ।

यो खरिद पछि एलन मस्क ट्विटरको सबैभन्दा ठूलो शेयरहोल्डरमा सामेल भएका छन्। उनको शेयर अहिले ट्विटरका संस्थापक ज्याक डोर्सीको भन्दा बढी भएको छ । डोर्सीको ट्विटरमा २.२५ प्रतिशत शेयर छ ।

मस्क धेरै ट्विटर प्रयोग गर्छन् र उनले धेरै पोल गरिरहन्छ।

गत महिना, मस्कले आफ्ना फलोअरहरूलाई सोसल मिडिया प्लेटफर्मले स्वतन्त्र अभिव्यक्तिलाई बढावा दिन्छ भन्ने विश्वास गर्छन् कि भनेर सोधे। त्यसपछि उनले सोधे, ‘अहिले नयाँ प्लेटफर्मको आवश्यकता छ ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *