मोडलिङमा भबिष्य खोज्दै मोडल स्वस्तिका खड्का
काठमाडौं। युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिँदै गएका छन्। युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ। त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् स्वस्तिका खड्का।
नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन्।
स्वस्तिका खड्का यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउँछिन्। सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने स्वस्तिका अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिशरत छिन्।
आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरि सकेकी स्वस्तिका खड्काले टिभी एड, २/३ वटा टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन्। सौन्दर्य प्रतियोगितामा प्रतिस्प्रधा गरेर सिने क्षेत्रमा प्रवेश गरेकी उनले दर्जनौं फेशन सो हरुमा आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल स्वस्तिका भन्छिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु।
प्लस टुमा अध्ययनरत स्वस्तिका खड्का परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छिन्। ‘मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौं, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ.’ खड्का भन्छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment