साजिदले छाडेपछि ‘कभी इद कभी दिवाली’ काे निर्देशन सलमानले गर्न सक्ने

डिसी नेपाल
२८ चैत २०७८ ११:४९
872
Shares

काठमाडौं। बलिउडमा अभिनेता सलमान खान र साजिद नडियाडवाला मिल्ने साथी हुन् । उनीहरूले मुझसे सादी करोगी, जानेमन जस्ता फिल्ममा सँगै कामसमेत गरेका छन्।

पछिल्लो समय यी दुईको सहकार्य ‘कभी इद कभी दिवाली’ मा हुने चर्चा थियो। सलमान आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारीसमेत दिएका थिए । यद्यपि अब यो फिल्मको निर्माताको रूपमा साजिद नरहने भएका छन्।

पछिल्लो समय बागी ३, तड़प र बच्चन पाण्डेले बक्स अफिसमा खराब कलेक्सन गरेपछि साजिद आफ्नो प्रोडक्सनको रिभ्यु गर्न चाहन्छन्। यद्यपि सलमान फिल्मको छायांकन छिट्टै गर्न चाहन्छन्। साजिदले फिल्मको छायांकन पोस्टपोन्ड गर्ने बताएपछि सलमानले आफू मात्र फिल्मको निर्माण गर्ने निर्णय लिएका छन्।

यो फिल्म अब सलमान खान फिल्म्सको ब्यानरमा बन्नेछ। यसका साथै फिल्मको निर्देशनसमेत सलमान आफैँले गर्न सक्ने बताइएको छ। ‘सलमानले आफैँले निर्देशन गर्न सक्नेछन्। किनकि पछिल्लो केही वर्षयता उनले आफ्नो फिल्मको स्क्रिप्टदेखि पोस्ट प्रोडक्सनको कामसम्म नियाल्ने गरेका छन्,’ सलमानका नजिकका एक निर्माताले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *