पाकिस्तानमा पीटीआइका १५५ सांसदले सामूहिक राजीनामा दिने

डिसी नेपाल
२८ चैत २०७८ १५:५३

काठमाडौं । पाकिस्तानका विपक्षी नेता शाहबाज सरिफले सोमबार प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । उनीसँगै बिलावल भुट्टोले विदेशमन्त्रीको सपथ पनि लिन सक्नेछन् ।

अर्कोतर्फ पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका सबै सांसदहरूले सामूहिक राजीनामा दिने भएका छन् । पार्टी नेता फवाद चौधरीले आइतवार पीटीआईका सबै सांसदहरूले सोमबार नेशनल एसेम्बलीबाट राजीनामा दिने दावी गरेका थिए । पीटीआइका नेशनल एसेम्बलीमा निवर्तमान प्रधानमन्त्री इमरान खानसहित १५५ सांसद छन् ।

पीटीआइ नेता शेख रसिदले जबसम्म चुनाव हुँदैन तबसम्म चुपचाप नबस्ने भन्दै सबै सांसदले राजीनामा दिने निर्णय भएको बताएका हुन् । फवाद चौधरीले पीटीआईले स्वतन्त्रताको लागि लड्ने बताएका छन् ।

इमरान खानले पनि संसदको अधिवेशन अघि बयान दिएका छन् । उनले एक्लै राजीनामा दिनु परे पनि आफूले दिने बताए । इमरान खानले १६ अर्ब र ८ अर्ब रुपैयाँको भ्रष्टाचारको मुद्दा भएको व्यक्ति प्रधानमन्त्री बन्नु देशका लागि लाजको विषय भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *