नयाँ प्रधानमन्त्रीको दौडमा शहबाज शरिफ निर्विरोध, इमरानका सबै सांसदले राजीनामा दिए

डिसी नेपाल
२८ चैत २०७८ १७:००

काठमाडौं । पाकिस्तानको नयाँ प्रधानमन्त्री चयनका लागि संसदीय कारवाही चलिरहेको छ । इमरान खानको पार्टीका सबै सांसद र उपसभामुख कासिम सुरीले राजीनामा दिएका छन् । अब प्रधानमन्त्रीको दौडमा शहबाज शरिफ मात्रै एक्ला उम्मेदवार छन् । नयाँ प्रधानमन्त्रीले राति ८ बजे सपथ लिन सक्नेछन् ।

यसैबीच, अप्रिल ३ मा अविश्वास प्रस्ताव अस्वीकार गर्ने उपसभामुख कासिम सुरीले संसदमा उही कथित अमेरिकी पत्र लहराएका छन् जुन मार्च २७ मा इस्लामाबादमा इमरानको र्‍याली पछि चर्चामा छ । यो पत्र लहराउँदै उनले भने– विदेशी षड्यन्त्रका कारण इमरान खानको सरकार ढालियो ।

पाकिस्तान निर्वाचन आयोगले निर्वाचन गर्न कम्तिमा ७ महिना लाग्ने बताएको छ । आयोगले भनेको छ– ‘अहिलेदेखि तयारी सुरु गर्छौं, तर केही समयपछि वर्षा सुरु हुन्छ । त्यसैले नोभेम्बर–डिसेम्बरअघि निर्वाचन सम्भव छैन ।’

इमरानलाई सत्ताबाट हटाएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) मा पनि ठूलो परिवर्तन देख्न सकिने सम्भावना छ। मिडिया रिपोर्टका अनुसार पीसीबी अध्यक्ष र इमरान खानका साथी रमीज राजाले पनि आफ्नो पद छोड्न सक्नेछन्। रमीज राजाले दुबईमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको बैठकपछि राजीनामाको घोषणा गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *