प्रधानमन्त्री नियुक्त हुनासाथ शहबाज शरीफले ‘राजीनामा दिन्छु’ किन भने ?

डिसी नेपाल
२९ चैत २०७८ १०:४४

काठमाडौं । पाकिस्तानमा एक महिना लामो राजनीतिक उथलपुथलपछि शाहबाज सरिफ २३ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री बनेलगत्तै शाहबाज सरिफले धेरै विषयमा आफ्नो बयान दिएका छन् । पूर्व प्रधानमन्त्री इमरान खानको विदेशी षड्यन्त्रको आरोपका विषयमा उनको तर्फबाट पनि प्रतिक्रिया दिइएको छ ।

प्रधानमन्त्री शाहबाज शरीफले यस विषयमा इन क्यामेरा कारबाही गरिने बताएका छन्। ‘यो सम्पूर्ण मामिलामा मविरुद्ध कुनै प्रमाण फेला परेमा म राजीनामा दिन तयार छु’ शहबाजले भनेका छन् । शाहबाज शरीफको यो भनाइ निकै महत्त्वपूर्ण छ किनभने यो एउटा मुद्दालाई लिएर पाकिस्तानको राजनीतिमा निकै हंगामा मच्चिएको थियो ।

पूर्व प्रधानमन्त्री इमरान खानले विदेशी षड्यन्त्रको मुद्दा उठाएका छन् । उनले आफ्नो सरकार ढाल्नमा अमेरिकाको हात रहेको बताए । त्यतिबेला उनको तर्फबाट पत्र पनि जारी भएको थियो । त्यही विदेशी पत्रका कारण सुरुमा प्रतिपक्षको अविश्वासको प्रस्तावमा मतदान हुन सकेन ।

तर अहिले इमरान खानको सरकार ढलेर शाहबाज शरीफ प्रधानमन्त्री बनेपछि उनी आफैं यस विषयमा अनुसन्धानको कुरा गरिरहेका छन् । उनले प्रमाण पाइएमा प्रधानमन्त्री पदबाट राजीनामा दिने बताउँदै आएका छन् ।

शाहबाज शरीफले कश्मीर मुद्दामा पनि खुलेर बोलेका छन्। उनले भनेका छन्, ‘हामी भारतसँग राम्रो सम्बन्ध चाहन्छौं तर कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान नभएसम्म यो सम्भव छैन । हामी कश्मीरी जनतालाई उनीहरूको भाग्यको भरमा छोड्न सक्दैनौं। कूटनीतिक रूपमा हामी कश्मीरी जनतालाई हाम्रो समर्थन जारी राख्नेछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *