फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा कम्तीमा २५ जनाको मृत्यु

डिसी नेपाल
२९ चैत २०७८ १३:०४
72
Shares

मनिला। फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ। ६५ किलोमिटर प्रतिघन्टाको वेगमा आएको र स्थानीय रूपमा अगाटनसमेत भनिने मेगी आँधीबाट पूर्वी तट प्रभावित छ। बाढीपहिरोमा केही घाइते भएका छन्। शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए।

मंगलबार उद्दारकर्ताका टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन्।

भीषण वर्षा र हावाले विद्युत आपूर्ति अवरोध गर्नुका साथै घर तथा मैदान जलमग्न बनाएको थियो। बाढीका कारण गाउँमा पहिरो गएको थियो। उद्धारकर्ताहरू हिलोको दलदलमा हिंडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालरूमा सेयर गरिएका छन्।

बाढीपहिरोबाट लियती प्रान्त सबैभन्दा बढी प्रभावित छ । सो प्रान्तमा अहिलेसम्म २२ शव फेला परेको प्राप्त विवरणहरूमा जनाइएको छ । ‘म रोइरहेको थिए, किनकी नजिकै मानिसहरू पुरिएका थिए’, लियतीका एक स्थानीयले भने।

आँधीपछिको बाढीपहिरोबाट दक्षिणी तटकाे डाभाओ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *