मुगुमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार
मुगु। मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ। छायानाथ रारा नगरपालिका-३ कि २३ वर्षका देवकी भामलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलवार उद्धार गरिएको हो।
उनलाई सेनाकाे हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत रिफर गरिएकाे स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिए। अनुसार स्वास्थ्य सेवा कार्यालय मुगु ठिनीमा सुविधा सम्पन्न आईसीयु नहुनु र विशेषज्ञ चिकित्सककाे अभावमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको सक्रियतामा मंगलबार भामलाई उ४ार गरी सुर्खेत रिफर गरिएको गौतमले जानकारी दिए।
उनका अनुसार सुत्केरी भामलाई बी नेगेटिभ रगत आवश्यक परेको हुँदा कतै पनि नभेटिएकाले सुर्खेतमा रिफर गरिएको हाे। अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment