बजारमा अपरिचित व्यक्तिले धक्का दिँदा १ अर्ब रूपैयाँ हात लाग्यो !

डिसी नेपाल
२९ चैत २०७८ १५:२८

काठमाडौं । जब कसैले एकअर्कालाई ठक्कर दिन्छ वा धक्का दिन्छ, माफी बाहेक अरू के नै पाउन सकिन्छ र ? तर, क्यालिफोर्नियाकी एक महिलाले धक्काको बदलामा १ अर्ब रुपैयाँ भन्दा धेरै पाएकी छिन् । वास्तवमा, क्यालिफोर्नियाको लस एन्जलस काउन्टीमा, लाक्वेड्रा एडवर्ड्स नामकी एक महिला लटरी टिकट किन्न सुपरमार्केटमा गएकी थिइन् ।

यस क्रममा एक व्यक्तिले उनलाई धकेले, जसका कारण उनले आफ्नो मनपर्ने नम्बर छनोट गर्न सकिनन् । धक्काका कारण उनको हात लटरी स्क्र्याच भेन्डिङ मेसिनमा रहेको ४० डलरको टिकटमा थिचियो । ठूलो अफसोसका साथ उनले भुइँमा खसेको लटरी टिकट उठाइन् र त्यो मानिसलाई घुरेर हेर्यो। त्यो मान्छे केही नबोली चुपचाप हिड्यो ।

लाक्वेड्राले धक्काका कारण गलत नम्बरमा बाजी लगाउनुपरेको र धेरै पैसा तिर्नु पर्दा आफूलाई आवश्यक पर्ने सामान किन्न नसकेको भन्दै रिसाइन् । उनलाई त्यो दिन अरु केही सामान पनि किन्न पर्ने थियो जुन उनले किन्न पाइनन् । तर उनको भाग्यमा अर्कै कुरा लेखिएको थियो ।

केही दिन पछि जब लाक्वेड्राले कारमा राखिएको आफ्नो लटरी टिकट स्क्र्याच गरिन् उनले पत्याउनै सकिनन्। उनले १० मिलियन डलर अर्थात झण्डै १ अर्ब २२ करोड रुपैयाँ पुरस्कार जितेकी थिइन् ।

पुरस्कार जितेपछि लाक्वेड्राले भनिन्- ‘एक धक्काले मेरो भाग्य बदलियो । अब म त्यो अपरिचित व्यक्तिलाई धन्यवाद दिन चाहन्छु। उहाँकै कारणले अहिले म मेरो हरेक इच्छा पूरा गर्न सक्छु । म मेरो घर किन्न सक्षम हुनेछु र जनताको भलाइको लागि एनजीओ खोल्न सक्षम हुनेछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *