सत्ता गठबन्धनका नेताहरू लैनचौर पुगेपछि एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका अध्यक्षले भने- कुटनीतिक मर्यादाविपरीत
तस्विरः सामाजिक सञ्जाल
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू भारतीय दुतावासमा पुगेपछि नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियु अध्यक्षमा सुदेश पराजुलीले विरोध जनाएका छन्।
स्वदेश फर्कन लागेका भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ भोजमा सहभागी हुन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू मंगलबार साँझ लैनचोर पुगेका थिए।
तर, सत्ता गठबन्धनकै घटक समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष पराजुलीले फेसबुकमा भनेका छन्, ‘सामान्य कर्मचारी बिदाइमा दुतावास गएर रात्रिभोजमा सरिक हुने कुरा कुटनीतिक मर्यादाविपरीत छ ।’ यस्ता क्रियाकलापबारे नेता, नेतृत्व सदैब आलोचना गर्नुपर्ने उनले बताएका छन्।
‘मर्यादाविपरीत भोजले नेताहरू स्वयंको भोक मेटाउँदैन । हाम्रो स्वाभिमान र निष्ठामा केवल चोट मात्रै पुर्याउँछ,’ उनले लेखेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment