कोभिड लकडाउनमा बारम्बार रक्सी पार्टी आयोजना गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिमाना
लन्डन। कोभिड लकडाउनको समयमा आयोजना गरिएको पार्टीलाई लिएर बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषी सुनकलाई जरिमाना गरिने भएको छ।
प्रधानमन्त्री कार्यलय डाउनिङ स्ट्रिटका प्रवत्ताले भनिन्, ‘ प्रधानमन्त्री र अर्थमन्त्रीलाई महानगरीय प्रहरीले निश्चित जरिमानको सूचना जारी गर्न लागेको छ।’
उनीहरूलाई कति जरिमाना गर्न लागिएको हो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन।
बेलायतमा कोभिड महामारीका कारण सरकारले तेस्रो लकडाउन गरेर सर्वसाधारणलाई घरभित्रै बस्न बाध्य पारिरहेका बेला डाउनिङ स्ट्रिट र क्याबिनेट कार्यलयमा १२ ओटा जमघट आयोजना भएका थिए।
‘रक्सी’ पार्टीको बेलायत र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका मुख्य समाचारका विषय बनेका थिए। सोही विषयलाई लिएर प्रधानमन्त्रीमाथि राजीनामा दिन चौतर्फी दबाब परेको थियो।
कोभिड पीडितका परिवारलेसमेत प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए। ‘बोरिस जोनसन र ऋषि सुनकले कानून तोडेका छन् र बेलायती जनतालाई पटक पटक झूट बोलेका छन्’ विपक्षी लेबर पार्टीका नेता केयर स्टाररले ट्वीट गरे, ‘उनीहरूले राजीनामा दिनुपर्छ। कन्जरभेटिभ पार्टी सत्ता चलाउन पूर्णरुपमा अयोग्य छ। बेलायत अझ राम्रो हकदार छ।’
यसैबीच, महानगरीय प्रहरीले भनेको छ, ‘ह्वाइटहल र डाउनिङ स्ट्रिटमा कोभिड–१९ नियम उल्लंघन गरेको आरोपको अनुसन्धान जारी छ।’







डिसी नेपाल







Facebook Comment