‘तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ। युवा गायक मनोज श्रेष्ठ (जेन) को स्वर, शब्द र सङ्गीतमा रहेको ‘तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा राहुल विश्वकर्माले सङ्गीत संयोजन गरेका हुन्।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारक निर्माण स्थल क्षेत्रको जगडोल उद्यानमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोमा सुवास शाह र एलिशिबा फुयाँलको अभिनय रहेको छ ।
‘तिमीलाई मैले देखेको त्यो पारि गावैँमा, तिमीलाई मैले भेटेको त्यो पारि डाँडैमा’, ‘माया तिमी साह्रै नै निष्ठुरी, जति माया लाए नि नहुने’ लगायतका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । मिराज अर्यालले छायाङ्कन गरेको भिडियोलाई सुवास शाहले नै सम्पादन गरेका हुन्।
फोर बी पिक्चर्सको प्रस्तुति रहेको म्युजिक भिडियो प्रोमोशन नेपालसँगको सहकार्यमा तयार पारिएको हो । म्युजिक भिडियोको निर्देशन वजय मगरले गरेका हुन्। गायक श्रेष्ठको आधिकारिक च्यानल ‘जेन श्रेष्ठ’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक श्रेष्ठले यसअघि ‘अँध्यारो’ म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment