केजीएफ च्याप्टर २ फेम यशका फ्यानहरूले बनाए अभिनेताको पोट्रेट

डिसी नेपाल
३० चैत २०७८ १२:३१

काठमाडौँ। साउथ सुपरस्टार यशको फिल्म केजीएफ च्याप्टर २ रिलिज हुन लागेको छ । तर फिल्म रिलिज हुनु अगाडिनै एकपछि अर्को विश्व कीर्तिमान बनाइरहेको छ । यसपटक फिल्मले अर्को विश्व कीर्तिमान बनाएको छ र यसमा फ्यानहरुको ठुलो योगदान रहेको छ ।

केजीएफ च्याप्टर १ रिलिज भएपछि अभिनेता यशको लोकप्रियताले आकाश छुन थाल्यो । उनी हिन्दी दर्शकसहित विश्वभर लोकप्रिय भएका छन् । अब यो सुपरहिट फिल्मको दोस्रो भाग आउँदैछ ।

फिल्मलाई लिएर निकै चर्चा चलिरहेको बेला फ्यानहरुले पनि यो फिल्मलाई बिशेष रुपमा स्वागत गरिरहेका छन् । अहिले यशका फ्यानहरुले आफ्नो सुपरस्टारलाई विशेष रुपमा सम्मान गरेका छन् । फ्यानले २३ हजार ४०० किताबको सहयोगमा दक्षिणी कलाकार यशको सबैभन्दा ठूलो तस्विर बनाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *