युक्रेनसँगको वार्ता असफल भएको पुटिनको घोषणा

डिसी नेपाल
३० चैत २०७८ १३:००
2.0k
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको वार्ता असफल भएको बताएका छन् । युक्रेनले युद्ध अपराधको बारेमा “झूटा दावी” गरिरहेको उनको भनाइ छ।

साथै, उनले युक्रेनले आफ्नो लागि थप सुरक्षा ग्यारेन्टीको साथमा अतिरिक्त माग गरिरहेको बताएका छन्।

पुटिनले भने, “हाम्रो वार्ता फेरि एकपटक गतिरोधमा फर्किएको छ ।” रुसी राष्ट्रपतिले पूर्वी युक्रेनमा रुसी भाषी जनताको सुरक्षाका लागि रुसले आफ्नो अभियान जारी राख्ने बताए ।

यद्यपि, युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलेकले रोयटर्स समाचार एजेन्सीलाई भने कि वार्ताका क्रममा सौदाबाजी कडा भए पनि वार्ता जारी छ।

पुटिनले युक्रेनको राजधानी किभ वरपरबाट रुसी सेना फिर्ता गरेपछि पहिलो पटक वार्ताको बारेमा सार्वजनिक बयान दिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *