यसपटक सगरमाथा हेरेर मात्र फर्किन्छुः बलिउड अभिनेता सोहेल खान

डिसी नेपाल
१ वैशाख २०७९ १४:३४
744
Shares

काठमाडौं। बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन्। बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन्। सलमान र सोहेल दाजुभाइ हुन्।

‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ। १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन। अहिले ४० वर्षपछि फर्केर आएको छु। यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु।’

‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने उनले बताए। उनले शो हेर्नको लागि आउन सबैलाई अनुरोध गरेका थिए। ‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन्।

पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने जानकारी दिइएको थियो। जेठ १४ गते विहान ११ बजेदेखि दरशथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो। सुरुमा नेपाली कलाकारको प्रस्तुती राखिएको छ। आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुती रहने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *