‘दिल खोलेर कुरा गरन’मा दयाहाङ र लक्ष्मीकाे अभिनय

डिसी नेपाल
२ वैशाख २०७९ ७:४५

काठमाडाैं। कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार मुकुन्दराज अर्यालको शब्द ,प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको गीत ‘दिल खोलेर कुरा गरन’ मा दया र लक्ष्मीको जोडीलाई देख्न सकिन्छ।

नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज छ। गीतको भाव अनुसारको भिडियोमा कथा खोज्‍न सिपालु निर्देशकहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *